Techie IT
सोमबार, वैशाख २२,२०८२

वीर अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा


कात्तिक । वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

आफ्ना मागहरु पूरा नभएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।

पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ ।

त्यस्तै, अस्पतालले धम्की दिँदै काममा खटाएको समेत उनीहरुको भनाइ रहेको छ ।

उनीहरुले महामारीबा बीच काम गर्दा भएको अस्पतालको यस्तो व्यवहारले आफूहरुको मनोबल खस्केको बताएका छन् ।

त्यस्तै, काममा आवश्यक स्वास्थ्य सामाग्री पनि अस्पतालले उपलब्ध नगराएको उनीहरुको आरोप छ ।

राजीनामा दिने सबै इमरजेन्सीमा खटिने मेडिकल अधिकृतहरु रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #वीर अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545