सभाहल निरीक्षण गर्न प्रधानमन्त्री गोदाबरीमा

ललितपुर , । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरी स्थित सभा हलको अवलोकन गर्नुभएको छ । आज दिउसो शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ सहित हलको हालसम्मको प्रगति विवरण बारे जानकारी लिन अकस्मात गोदाबरी पुग्नुभएको थियो । सो क्रममा उहाले हालसम्मको प्रगतिको प्रशंसा गर्दै अबको तीन महिना भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अवलोकनको क्रममा उहाले सो हल चाडै सम्पन्न गरी महत्वपुर्ण कार्यक्रम यही हलमा गर्नसक्नेगरी तयारी गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा शहरी विकास मन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात फागुन ३ गते उद्घाटन गर्नेगरी तयार गर्न निर्देशन दिनुभएको थियो ।
माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । प्रम ओलीलाई प्रगतिविवरणबारे जानकारी गराउदै मन्त्री श्रेष्ठले विभागका अधिकारीलाई भन्नुभयो–मलाई आजबाटै प्रत्येक हप्ताको प्रगति विवरण जानकारी गराउनुस । उहाले मन्त्रालयले सोच अनुसार कामको प्रगति हुदै गएको बताउनुभयो । मन्त्रीको धारणा सुनेपछि प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठको निर्देशन अनुसार प्रगति विवरण तयार गर्न निर्देशन दिनुभएको थियो । २०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन सो हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाख रुपियामा ठेक्का पाएको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउदै हालसम्म ६५ प्रतिशत प्रगति भैसकेको जानकारी गराउनुभएको थियो । ४३ रोपनी मध्य ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भैरहेको छ । केभिड–१९को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउदै गेलालले भन्नुभयो–अब माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेका छौ ।
मन्त्री श्रेष्ठले कोभिडको कारण उत्पन्न समस्या अब समाधान भैसकेको बताउदै स्वाथ्य मापदण्ड अनपाएर थप मजदुर परिचालन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । खराब बाटोको कारण त्यहापुग्न समस्या भएपछि प्रम ओलीले माघ महिनाभित्र बाटो सम्पन्न गर्न समेत निर्देृशन दिनुुभएको थियो ।
अवलोकन गर्न प्रम ओली संगै धर्मपत्नी राधिका शाक्य, सांसद नवराज सिलवाल, प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहका सुर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार लगायतको टोली गोदाबरी सभाहल पुग्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री गोदाबरीमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्