टोखामा पछिल्लाे चौबीस घण्टामा थप २८ जना कोरोना

टोखा नगरपालिकामा पछिल्लाे चौबीस घण्टा मा थप २८ जना कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेर २३६५ जना पुगेको छ। नगरपालिकाको विवरण अनुसार हाल सम्म को संक्रमित महिला सख्या ९९२ जना रहेको र पुरुष सख्या १३७२ जना रहेका छन्। भने निको हुनेको संख्या १९३५ जना रहेका छन्।
कोरोना भाइरस संक्रमण भएका सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या ३९२ जना रहेको र अस्पतालमा २१ जना रहेका छन्। हाल सम्म सम्पर्क विहिन भएका सख्या ९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। वडा गत विवरण अनुसार कोरोना भाइरस संक्रमण भएका संक्रमित महिला सख्या १७ जना रहेको र पुरुष सख्या ११ जना रहेका छन् भने जम्मा संक्रमित सख्या २८जना रहेको छ ।
होम आइसोलेसनमा २६ जना, अस्पतालमा २ जना मात्र रहेका छन्। CICT Team ले २८ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा हाल सम्म ३ जना मात्र कोरोना सङ्क्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्