पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ

काठमाडौं, कात्तिक १२ । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्षसमेत रहनुभएका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको हो । भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट आज साइबर क्राइमको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई सामाजिक संजालमा गालीगलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गर्नुभएको थियो । सामाजिक सञ्जालमा जथाभावी गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्