दशैँ–तिहार मनाउन तारकेश्वर नगरपालिको यस्तो मापदण्ड

काठमाडौं । तारकेश्वर नगरपालिको नजिकिँदै गएको दशैँ–तिहारलाई लक्षित गरेर चाडपर्व मनाउँदा सावधानी अपनाउन नगरबासीमा अनुरोध गरेको छ । अहिले काठमाडौं उपत्यकामा सबैभन्दा बढि कोरोनाकाृ संक्रमण देखिएको अवस्थामा तारकेश्वर नगरपालिकाभित्र पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना बढिरहेपनि नेपाली हिन्दूहरुको महान चाडपर्व दशैं–तिहारको संघारमा आइपुगेको छ ।
नगरपालिकाले नगरबासीलाई चाडपर्व बनाउँदा सजगता, सावधानीपूर्वक मनाउन अनुरोध गरेको छ । घरमै बसेर सरसफाईमा ध्यान दिँदै स्वास्थ्य सामाग्री प्रयोग गर्न अनुरोध गरेको छ ।
तारकेश्वर नगरपालिकाले चाडपर्व मनाउँदा निम्नानुसारको सावधान अपनाऊ नगरबासीमा अनुरोध गरेको छ ।
– म कोभिड–१९ बाट सुरक्षित छु, अरु सबै संक्रमित हुन पनि सक्छन् भन्ने कुरालाई आत्मसात गरी सजगता अपनाऊ ।
– म संक्रमित छु, अरु सबै संक्रमित छैनन् भन्ने सोचेर सो अनुसार सजगता अपनाएर अरुलाई रोग सर्न नदिऔँ ।
– घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौं ।
– साबुन पानीले नियमित हात धोऔँ । साबुन पानीको प्रयोग गर्न नसकिने अवस्थामा सेनिटाइजर प्रयोग गरौं ।
– सामाजिक दूरी कायम गरौं ।
– यो वर्ष नियमीत घरपरिवारमा बसोबास गरिरहेका परिवारका सदस्यहरू मात्र भएर रमाइलो गरी चाडपर्व मनाऔं ।
– विगतको जस्तो उल्लासमय रुपमा होइन, महामारीका बेला अपनाउनुपर्ने सर्तकतामा ध्यान दिई चाडपर्व मनाऔं ।
– यो विषम परिस्थितिमा आफ्ना नातेदारलाई घरमा नबोलाऔं, आफु पनि नातेदारलाई भेटन नजाऔं ।
– चाडवाड मनाउने नाममा अनावश्यक विकृति नभित्राऔं ।
– बडा दशैँ बुढापाकासँग आर्शिवाद लिने चाड भएकाले कतै आर्शिवाद लिने नाममा आफ्ना मान्यजनलाई कोरोना संक्रमित त बनाई रहेका छैनौं ः विचार गरौं ।
– परिवेश अनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्य मैत्री बनाई चाडपर्व मनाऔं ।
– बालबालिका तथा वृद्धवृद्धामा कोरोना भाइरस संक्रमणको अधिक सम्भावना भएकोले सकभर घर बाहिर ननिस्कऔं ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिको यस्तो मापदण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्