उत्कृष्ट कार्य गर्ने रामेछापका ट्राफिक प्रमुख पाण्डे पुरास्कृत

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (असई) रामेश्वर पाण्डे ६५ औं प्रहरी दिवशबाट शुक्रबार पुरस्कृत भएका छन् ।
प्रहरी दिवशको अवसरमा पाण्डेलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेका हुन् । कोरोना कहरका कारण भब्य समारोह नगरी प्रहरी दिवश मनाउने निर्णय भएसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट हस्ताक्षर उक्त प्रमाणपत्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गरेका हुन् ।
रामेछापमा प्रहरी प्रमुखको नेतृत्व सम्हाल्न पुगेका असई पाण्डेले विभागको लागी गरेको योगदानको कदर स्वरुप उनलाई ट्राफिक प्रहरी व्यबस्थापन तर्फबाट पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, यस्ले अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले बताए । प्रवक्ता कडायतले भने, राम्रो गर्नेलाई पुरास्कृत र नराम्रो गर्नेलाई दण्ड दिने अभियान स्वरुप उनलाइ पुरास्कृत गरिएको हो । उनले भने, हेड्क्वाटरले कस्ले कसरी काम गरिरहेको छ भन्ने मोनिटरिङ गरिरहेको हुन्छ ।
यता, पुरस्कृत ट्राफिक प्रमुख पाण्डेले बिभागले आफ्नु कामको मुल्यांकन गरि पुरास्कृत गरेकोमा आफू लाई थप काम गर्न उर्जा थपिएको बताए । उनले भने, पुरास्कृत भएपछि थप काम गर्न सहज हुन्छ । आगामी दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा अझै कठोर भएर अघि बढ्ने उनको थप भनाईं थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##नेपालप्रहरी #असई #रामेश्वरपाण्डे #रामेछाप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्