सरकार आइसोलेसनमा पुग्योः गगन थापा

काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सरकार संक्रमित भएर आइसोलेसनमा पुगेको बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य थापाले सोमबार बिहान ट्वीट गर्दै कोरोना संक्रमितको उपचार नगर्ने सरकारको विरोध गरेका छन् । उनले कोरोनाको उपचार नगर्ने सरकारले संक्रमितको संख्या मात्रै गनेर बस्ने हो भनेर प्रश्न गरेका छन् ।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु’, कांग्रेस नेता थापाले भने, ‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
सरकारले कोरोना संक्रमितहरूको उपचार नगर्ने, होम आइसोलेसनमा मृत्यु भए आफन्तहरूले नै अन्त्यष्टि गर्ने भनेर निर्णय सुनाएको थियो ।
सरकारले कोरोना उपचारमा हात उठाएको भनेर विरोध भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्