लाइडर गन मार्फत चेकजाँच तीब्र : ३५ वटा सवारीसाधन कार्वाहीमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्याधुनिक लाइडर गन मार्फत तीब्र गतीमा सवारी चलाउने ३५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।
सडकमा बढ्दै गएकाे सवारी चाप र तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनाकाे जाेखिमलाई न्युनीकरण गर्ने उद्देश्यले आँपटारी जंगलमा अत्याधुनिक लाइडर गन मार्फत ट्राफिक चेकजाँच गरिएको हो । सवारी चेकजाँचका क्रम्मा तीव्र गतिमा सवारी चलाउने ३५ जना सवारी चालकहरूलाई फाेटाे/ भिडियाे र स्पिड भ्वाइलेन्सकाे प्रिन्ट प्रति सहित कारबाही एवं सचेतना गराएर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
भट्टका अनुसार कार्वाहीमा परेका सवारीहरू ९६ किमी प्रतिघण्टा सम्मकाे गतिमा कुदेका भेटिएका थिए । यसअघि ट्राफिक प्रहरीले हिजो बुधबार दिउँसाे साँढे १२ बजेदेखी साँढे तीन बजेसम्म टिकाैली जंगलमा चेेेकजाँच गरेको थियो । अधिकाशं गम्भीर प्रकृतिकाे दुर्घटना तीव्र गतिका कारण हुने भएकोले सडकमा राखिएका स्पीड लिमिट सन्देशमुलक बाेर्डहरुकाे संवेदनशीलता बुझेर मात्रै सवारी चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले सबैमा अपिल गरेका छन् ।
अत्याधुनिक लाइडर गन मार्फत कारबाही अभियान सुरु गराउन चितवनका ट्राफिक प्रहरी प्रमुख आफैं फिल्डमा खटिएका छन् । जिल्लामा नै पहिलाेपटक बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले उपलब्ध गराएको उक्त लाइडर गनको मूल्य अहिले नेपालमा १२ लाख पर्छ । राजधानी बाहिर यो गन पहिलोपटक चितवन ट्राफिक प्रहरीले सेवामा ल्याईएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्