कोरोनालाई चुनौती दिदै बिकाश निमार्णमा सक्रिय टोखाका मेयर
टोखा काठमाडौ । कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिइरहेको बेला टोखाका जनप्रतिनिधिहरुको बिकाशको गतिलाई भने रोकेको छैन ।
नगरभित्रका कोरोना बिरामीहरुको मनोवल पुराउन घर घरमा भेट्दै , आफ्नै आइसोलेशन , अस्पताल लगायतका अति आबश्यक बस्तुहरुको सफल ब्यवस्थापन पछि टोखाका मेयर प्रकाश अधिकारी समेतको जम्बो टोली , सडक ढलान , कालोपत्रे लगायतका भैतिक पूर्वाधार बिकाशमा सक्रिय देखिएका छन ।

पछिल्लो समय टोखा नगरपालिकाको बजेटमा टोखा ५ धापासी मुल सडकदेखि बासुकी मार्ग जोड्ने सडक ढल, खानेपानी सहित सडकमा वलक बिछ्याउने काम सम्पन्न हुने अवस्थामा छ।
उक्त आयोजनाको लागत रकम रु। १४,६८,९७८।९१ भ्याट र पि।एस सहित रहेको छ। साथै उक्त आयोजना निर्माण गर्न जिम्मा के एण्ड एस विल्डर्सलाई दिइएको थियो।
नगरपालीको भवन निमाण कार्य पनि तिब्र गतिमा रहेको छ ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै टोखा बिकाशलाई कोरोनाले समेत नछेकेको नगर प्रमुख प्रकाश अधिकारीको गतिबिधिले प्रस्ट देखीन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोनालाई चुनौती दिदै बिकाश निमार्णमा सक्रिय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्