उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित

गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार २२९ जना रहेको जानकारी दिनुभयो । हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८१८ छ ।
संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङख्या १३ हजार ६५४ छ । प्रदेश १ मा एक हजार ४७७, प्रदेश २ मा ५०९, बाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना हुनुहुन्छ ।
प्रवक्ता गौतमले भन्नुभयो, “होम हाइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या प्रदेश १ मा दुई हजार १६४, प्रदेश २ मा ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा एक हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदुरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७ हजार १६४ जना हुनुहुन्छ ।” गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गरिएको छ ।
त्यो सँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या चार हजार ६८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्वीनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदुरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ७४ हजार २५२ छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् ।
कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट सङ्क्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नयाँ सङ्क्रमित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्