प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनुभयो ।
नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उहाँले बताउनुभयो । कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश नं ५ को स्थायी राजधानी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्