चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ । सोही अभियान अन्तरगत केही दिन अघि प्रहरीले मिति सकिएको रु चार करोड बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज १८ गते काठमाडौँ महानगरपालिका १४ कलङ्की स्थित प्रविणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो ।
उनीहरुलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारवाहीका लागि पठाइएको छ । त्यसको दुई दिन अघि पनि यस्तै गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउनुभयो । उहाँका अनुसार मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको सूचना आएपछि काठमाडौँको कलङ्की र बाफल क्षेत्रमा खोजी गर्दा अबैध क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरिएको थियो । उनीहरु पनि मिति सकिएको सामग्रीमा नयाँ मिती राखेर विक्री वेचविखन गर्ने तयारी गरिरहेका बेला पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी, #सुरक्षा सक्रियता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्