Techie IT
मंगलबार, जेठ १५,२०८१

उपत्यकाका १५९९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोनाभाइरस कोभिड–१९ का संक्रमित भेटिएका छन्। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । हाल आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये  काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:08 am6:53 pm +0545