गत २४ घण्टामा दुई हजार बढी सङ्क्रमित थपिए

गत २४ घण्टामा उपत्यकामा एक हजार १७७ सहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या दुई हजार ४४ रहेको जानकारी दिनुभयो ।
हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ । प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना हुनुहुन्छ ।
प्रवक्ता गौतमले भन्नुभयो, “होम आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना हुनुहुन्छ ।” गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ४ हजार २७३ छ । प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ६२ हजार ७४० जना रहेका छन् । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत छ ।
देशैभरी आइसियुमा उपचाररत विरामीको सङ्ख्या २१७ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३१ रहेको छ । कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ । मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्क्रमित थपिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्