सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

काठमाडौं असोज १७ । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले पुनः अर्को पुण्यको काममा हात हालेको छ । केही समय अघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ ।
मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्न लागेको सगौरव जानकारी गराउँदछ । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने छ । विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस पटक विशेष सम्मान गर्न लागिएको हो ।
विपदको समयमा सानो भन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यस पटक सम्मानको सानो सगुन प्रदान गर्न गइरहेका छौ ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।
उनले सम्मानका लागि संसथाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरिने बताए । सधै जस्तै साथ र सहयोग प्रदान गर्दै आउनु भएका समाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा ययहाँहरुको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दर्छौ । सकारात्म्क सोच रार्खौ, सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ ।
क्याटेगोरी : समाचार
ट्याग : #सिजन मिडिया
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्