कोरोना संक्रमीतलाई भेट्न घरघरमा पुग्दै रक्षामन्त्री ईश्वर पोखरेल
काठमाडौं, असोज १५ । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेका ब्यक्ति तथा परिवारको मनोबल बढाउन नेपाल सरकारका उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संक्रमितको घर घर पुगेका छन।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले दिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी बहन गरिरहेका उप प्रधान तथा रक्षामन्त्री पोखरेल आफ्नो निर्वाचन क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका वडा नं २का संक्रमितको अवस्था बुझ्दै मनोबल बढाउदै हौसला प्रदान गर्ने कार्यमा पनि सक्रिय भएका छन्।
उपप्रधान तथा रक्षामन्त्री पोखरेल संगै बागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, काठमाडौं महानगर पालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ न्हूज: पुस्तकालयका टोखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ सहितको टोलि आज काठमाडौं महानगर पालिका वडा नं २ लाजिम्पाट क्षेत्रका बिभिन्न स्थानमा होम आइसोलेसनमा बसेका संक्रमित र परिवार संग भेटघाट गरेका हुन।
उपप्रधानमन्त्री पोखरेलले संक्रमित तथा परिवारलाइ उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै संक्रमित तथा परिवारलाई सुस्वास्थ्यको शुभकामना दिएका थिए । साथै उनले कोरोना उपचारको क्रममा मृत्यु बरण गरेका काठमाडौं महानगरपालिका वडा नं २ का परिवारलाइ समबेदना प्रकट गर्दै कुनै आवश्यकता परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #कोरोना संक्रमीत, #घरघरमा पुग्दै
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्