अप्रत्यासित रुपमा राजदूत नियुक्तिको प्रकियाले नेकपामा मतभेद

आज बसेको मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ भने नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् ।
त्यस्तै बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले लोकदर्शन रेग्मी सिफारिस गरेको छ। छिटै नै अवकाशको तयारीमा रहेका रेग्मीले अवकाशको दुई साताअघि नै राजीनामा दिएका हुन। पूर्वअर्थमन्त्री डा। खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।
सरकारले राजदूत नियुक्तिमा आफुखुसि निर्णय लिएपछि भने सत्तारुढ दल नेकपामा असन्तुष्टि बढ्ने संकेत देखिएको छ । पार्टीको सल्लाह सुझाबबिना नै महत्वपुर्ण राजनैतिक नियुक्ति भएपछि नेकपा भित्र असमझदारी बढ्ने आकलन गरिएको छ।
पार्टीमा छलफल र सहमतिका आधारमा नियुक्ति गर्नुपर्नेमा कुनै छलफल, सल्लाह र परामर्श नभएको र सरकारको एकलौटी रबैयापन देखिएकोले यो सिफारीस मान्य हुन नसक्ने सचिवालयका एक सदस्यले बताएका हुन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जदूत नियुक्तिको प्रकिया
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्