त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकार

गत हप्ता बलात्कार पछि हत्या भई मन्दिरमा शब भेटिएकी बझाङकी सम्झना कामीको हत्याको अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले सम्झनाको हत्या आफंैले गरेको स्वीकारेका छन्।
हत्याका आशंकामा बोहरालाई प्रहरीले पक्राउ गरी निरन्तर सोधपुछ गरिरहेको थियो। बालिकालाई त्रिशुलले हानेर हत्या गरेको र मन्दिर छेउमा लुकाएको उनले स्वीकार गरेका छन्। राजेन्द्रले हत्या आफैले गरेको स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताएका हुन।
पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको र प्रहरीले हत्यारा सार्वजनिक गरेपछि मात्र आफन्तले सम्झनाको शव बुझेका छन्। त्यस्तै बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख सहयोग गर्नका लागी पहल गर्ने बारेमा बताएका छन्।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #raise voice against rape, #rape case, #सम्झना कामी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्