लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने सरकारले तयारी

सरकारले लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने तयारी थालेको छ ।
मंगलबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बन्द रहेका क्षेत्रहरु खुलाउन सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर प्रस्ताव ल्याउने र के कसरी सम्भव छ भन्नेबारे छलफल हुने जनाइएको छ ।
हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् ।
त्यस्तै, केन्द्रले विदेशबाट ल्याइने उद्धार उडानलाई थप व्यवस्थित गर्न निर्णय गरेको छ ।
त्यस्तै, कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण तथा रोकथाम गर्न विभिन्न जनचेतानमुलक कार्यक्रम गर्ने पनि निर्णय भएको बताइएको छ ।
यद्यपि हालसम्म बन्द रहेका क्षेत्रहरु दशैँअघि खुल्ने सम्भावना भने कम रहेको बताइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सबै क्षेत्रहरु खुलाउने सरकारले तयारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्