Techie IT
आईतबार, चैत्र ९,२०८१

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ता


काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।

मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले सरकारले निर्वाचन गर्नु उपयुक्त नहुने देखेर स्थगित गरेको हुनसक्ने बताए ।

आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आधिकारिक ट्रेड युनियन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545