मन्त्री ढकालद्धारा प्यूठानमा स्वास्थ्य सामाग्री प्रदान
काठमाडौँ १ असोजः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि प्यूठान जिल्लाका लागि स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिका प्रमुख अर्जुनबहादुर कक्षपति तथा भिग्री प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
पाँचवटामध्ये दुई वटा प्यूठान जिल्ला अस्पतालमा, दुई वटा भिग्री प्राथमिक स्वास्थ्य केन्द्र, र एक वटा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा जडानका लागि भेन्टिलेटर हस्तान्तरण गरिएको हो ।
३ हजार सर्जिकल मास्क, एन ९५ मास्क २७० थान, १० थान थर्मलगन र एक हजार थान पन्जा लगायतका स्वास्थ्य सामाग्री रहेका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको पहलमा प्यूठानका उक्त सामाग्री उपलब्ध भएको हो ।
सोही अवसरमा मन्त्री ढकालले कोभिड १९ को लडाईमा सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
प्यूठानमा अहिलेसम्म कोभिड १९ को उपचारका लागि भेन्टिलेटर थिएन ।
यस्तै मन्त्री ढकालले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई थान भेन्टिलेटर, त्रिवि शिक्षण अस्पताल पाँच थान भेन्टिलेटर, दमक अस्पतालमा तीन वटा भेन्टिलेटर, इलाम जिल्ला अस्पतालमा दुइ वटा भेन्टिलेटर, तेह्रथुम जिल्ला अस्पतालमा एक थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । रासस
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्