खबर प्रभाव : घुस लिने प्रहरी जवान निलम्बित

मुद्दा मिलाइदिन्छु भन्दै साँढे ४ लाख रुपैयाँ घुस माग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान अनिल दराई निलम्बनमा परेका छन् ।
गत, भाद्र १९ गते ‘साझापाना अनलाइन’ ले मुद्दा मिलाइदिन्छु भन्दै प्रहरी जवानले साँढे चार लाख रुपैयाँ घुस मागेको आरोप भन्ने शीर्षकमा खबर प्रकाशित गरेसंगै बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बन गरेको हो ।
निलम्बन पत्रमा कहिलेसम्मको लागी भन्ने खुलाईएको छैनन् । यद्यपी, अनुसन्धान नसकिए सम्मका लागी निलम्बन गरिएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार पदमा बहाली हुँदा थप प्रमाण नष्ट गर्न सकिने भएकोले तत्कालका लागी निलम्बन गरिएको हुन सक्छ ।
घुस लिएको सम्बन्धि साझापाना अनलाइनले खबर ब्रेक गरेलगत्तै उनलाई सोही दिन प्रदेश प्रहरी कार्यालयमा पेश बोलाएको थियो, स्रोतले भन्यो : सोही दिन उनलाई फिर्ता गर्यो, त्यस्को केही दिनपछि उनी निलम्बनमा नै परे ।
निलम्बित प्रहरी जवान दराईंमाथि लागूऔषध (गाँजा) कसुरमा जिल्ला अदालतमा मकवानपुरमा मुद्दा मिलाइदिन्छु र फाइलबाट समेत नाम हटाइदिन्छु भन्दै मनहरी बस्ने अमर भन्ने जीत बहादुर मगरसँग चितवन र मकवानपुरबाट पटकपटक गरेर साँढे चार लाख रुपैयाँ लिएको आरोप छ । घुस लिएको रकमबाट उनले एउटा अनटेस्ट मोटरसाइकल किनेका छन् भने पदमपुरमा जग्गा समेत खरिद गरेको स्रोतले बताएको छ ।
यो पनि पढ्नुहोस् :
मुद्दा मिलाइदिन्छु भन्दै प्रहरी जवानले साँढे चार लाख रुपैयाँ घुस मागेको आरोप
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्