सदस्य–सचिवद्वारा घाइते खेलाडीको स्वास्थ्य अवस्था बारे जानकारी

काठमाडौं, भदौ ३१ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् ।
सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए । परिवारसंग पनि भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
भेटका अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का पनि उपस्थित थिए ।
क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #ललितसिंह भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्