पदले होइन कामले रच्छ इतिहास

मुलुकका अर्थमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक एक साताका बीचमा फरकफरक शैलीमा बिदा भए।
उच्च पद समालेका अर्थमन्त्री युवराज खतिवडा र प्रमुख आयुक्त नविन घिमिरेलाई मुलुकको विकास र सुशासनका लागि फड्को मार्ने मौका थियो। उनीहरु बाघको शैलीमा छिरेर बिरालोका रुपमा बाहिरिए। तर उनीहरुभन्दा निकै तल्लो पदमा रहेर काम गरेका कुलमान घिसिङ भने इतिहास रचेर बिदा भएका छन्।
जिम्मेवारीपूर्वक काम गरे सानो ठाउँबाट पनि नतिजा दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् घिसिङ। घिमिरे र खतिवडाको बहिर्गमनबाट आम जनता बेखुसी देखिँदैनन्। आइतबार जिम्मेवारीबाट बिदा भएका घिसिङका सवालमा भने सिंगो मुलुक उनको पक्षमा छ।
घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।
यी काम सजिलै गर्न सकिने लाग्न सक्छ तर वास्तविकता त्यो होइन। सबैभन्दा गाह्रा काम यिनै थिए। १४ घण्टा लामो लोडसेडिडमा रहेको मुलुकलाई दुई वर्ष बित्न नपाउँदै लोडसेडिडमुक्त बनाउनु सजिलो काम होइन। यस्तै ३५ अर्ब रुपैयाँ सञ्चित घाटामा गएको संस्थालाई ४ वर्षमा ५ अर्ब नाफाको अवस्थामा लैजानु चमत्कारभन्दा कम होइन।
घिसिङले बागडोर समाल्दा दैनिक १४ घण्टाभन्दा धेरै समय अँध्यारोमा बसेका मुलुकवासीलाई प्राधिकरणले धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन सार्वजनिक अनुरोध गथ्र्यो। अहिले घिसिङ बाहिरिँदै गर्दा प्राधिकरणले सबै ग्राहकलाई सकेसम्म धेरै विद्युत् खपत गर्न अनुरोध गरिरहेको छ। नागरिक दैनिकमा हिमाल लम्सालले समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #kulman
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्