कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका विषयक भर्चुअल अन्तरक्रिया

भदौ २७, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा “कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै परिस्थितिमा पेशाबाट विचलित नहुन आग्रह गर्नुभयो । उहाँले पत्रकारको समस्यालाई संस्थागत रुपमा हल गर्ने भन्दै जोखिममा रहेका समुदायको आवाजलाई उजागर गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले कोरोना माहामारीको हालको अवस्थामा महिला पत्रकारको अवस्था र पेशागत सुरक्षाका बारेमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले नेपाल पत्रकार महासंघ प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसियट शाखा उपाध्यक्षहरुलाई समेटेर कोरोनाको समयमा महिला पत्रकारको मानसिक तथा शारिरिक स्वास्थ्य महत्वपूर्ण भएको बताउदै यो विषयमा चर्चा गरिएको उल्लेख गर्नुभयो ।
महासंघका सचिव प्रकाश थापाले कोरोना माहामारीलाई जितेर अगाडी बढ्न सबै पत्रकार आम नागरिक भन्दा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनले कोरोना संक्रमणबाट बेच्ने उपाएका बारेमा आफ्ना धारणा राख्नुभयो ।
यस्तै,मानसिक स्वास्थ्य परामर्श विद डा.करुणा कुवँरले कोरोना कालमा मानसिक स्वास्थ्यका लागि सचेत रहन आग्रह गर्नुभयो । सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङले बैकल्पिक आयआर्जनका बारेमा बैंकहरुले ल्याएको नयाँ योजना बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश समिति तथा जिल्ला शाखाका उपाध्यक्षहरुले आफ्नो प्रदेश तथा जिल्लामा कोरोना माहामारीका कारण उत्पन्न समस्याका बारेमा रिपोटिङ गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्