संक्रमित १२४६, काठमाडौ आज मात्र ५७२

काठमाडौ । आज बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ। २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख १० हजार बढीको पिसिआर परीक्षण भएको छ।
काठमाडौँ उपत्यकामा ५७२
पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या एकै दिन उपत्यकामा देखिएको सबै भन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा ४९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी कुल ५७२ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकाका जारी निषेधाज्ञा खुकुलो भएकै दिन अहिलेसम्मकै बढी संख्यामा संक्रमित फेला परेका हुन् ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्