भोको पेटलाइ खाना खुवाउदै नेपाल शेर्पा विद्यार्थी संघ

भदौ २४ काठमाडौं, बिश्वमै बढ्दो महामारीको रुपमा रहेको कोरोना संक्रमण नेपालमा पनि तिब्र रुपमा बढ्दो क्रममा रहेको छ। सोही संक्रमण रोकथामको निमित्त सरकारी स्तरबाट गरिएको लकडाउनको कारण निम्न आयस्तर भएका नागरिकहरुको अवस्था ज्यादै दयनीय भएको छ भने बिहान बेलुकाको रोजगारी धान्न उनिहरुलाइ धौ धौ परिरहेको छ।
त्यसैले कति मानिसहरू भोकभोकै बस्न बाध्य भएका छन्। यस्तै समस्यामा साथ दिन नेपाल शेर्पा विद्यार्थी संगठनले पनि जागरुकता देखाएका छन् । उनिहरुले आज पहिलो दिन बौद्ध, तिनचुली, पिपलबोट, पशुपति, जोरपाटी, नारायणटार, गोकर्ण र टुसाल लगायतका क्षेत्रहरुमा खाना विवरण गर्नुभयो। यो कार्यक्रम तीन दिनसम्म अर्थात भदौ २४ गतेदेखी २६ गतेसम्म चल्नेछ भने सहयोगी हातहरुको साथ मिलेमा भने अझै लम्बिन सक्ने नेपाल शेर्पा विद्यार्थी सङ्गका संयोजक पाशाङ शेर्पाले बताउनुभयो ।
यतिबेला देशै समस्यानै समस्यले गुजि्ररहेको छ। मजदुरहरुको बिचल्ली भएको छ, कोहि आर्थिक समस्यामा फसेको छन् कोहि भोकभोकै छन् कोहि सडकमा आएका छन् भने जताततै केही सिमित ब्यक्तीहरु बाहेक सबै समस्यामा फसेका छन् । त्यसैले हामी सबैले सहयोगी मन लिएर काधमा काध र कदममा कदम मिलाएर अघि बढ्न जरुरी छ
क्याटेगोरी : समाचार
ट्याग : #शेर्पा विद्यार्थी संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्