प्लाज्मा दिने अखिल नेता घर्ति र भुजेलको घोषणा

काठमाडौ । अनेरास्ववियूका दुई नेताले कोभिड १९ का विरामीको उपचारका लागि प्लाज्मा दिने घोषणा गरेका छन ।
कोभिड १९ को उपचारबाट निको भएका अनेरास्ववियूका नेता नारायण घर्ति र प्रकाश भुजेलले कोभिड १९ का विरामीलाई प्लाज्मा दिने भएका हुन ।
उनीहरुले अन्य कोभिड १९ बाट निको भएका व्यक्तिलाई पनि प्लाज्मा दिने उत्प्रेरणा जगाउन अभिया नै संचालन गर्ने भएका छन ।
“कोरोना संक्रमितको उपचारमा केहि सफल मानिएको प्लाज्मा थेरापिको लागि कोरोना संक्रमण मुक्त हुनुभएको ब्यक्तिलाई रक्तदानको लागि उत्प्रेरित गर्ने उद्देश्यले म नारायण घर्ती र प्रकाश भुजेल लगायत सकृय रहने निधो गरेका छौं ” उनीहरुले सामाजिक सञ्जालमा भनेका छन ।
दिर्घरोग र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुहुने बाहेक आम मानिसले सबल आत्मबल र स्वास्थ आहार बिहारद्वारा नै कोरोना पराजित गर्न सकिने बिश्वास उनीहरुले लिएका छन । दुवैले आफूलाई माया गरेर स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पुर्ण सबैलाई हार्दिक आभार प्रकट समेत व्यक्त गरेका छन् ।
“ यो रोग संग सरकार र जनता दुबै शक्ति संयुक्त भयर नै लड्ने हो र अनि मात्र यो रोगलाई पराजित गर्न सकिछ, ” उनीहरुले भनेका छन, “ त्यसैले कोरोना मुक्त समाजका लागि र कोरोना मुक्त मानब जातिका लागि हो । यो अभियान शुरु गरेका छौं । तपाई सम्पूर्णलाई यो पबित्र उद्देश्यलाई साथ, सहयोग र प्रचारप्रसार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । ”
कोभिड १९ नियन्त्रण र रोकथामको जनचेतना जगाउँदै गर्दा दुवै जना संक्रमित भएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #अखिल नेता घर्ति र भुजेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्