सांसदहरुद्धारा तारकेश्वर साङ्गलाको आइसोलेसन अवलोकन

काठमाडौं ,भाद्र १६। सुजित पुडासैनी / उषा फुयाँल
तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको सामुदायिक अस्पतालमा स्थापना गरिएको आइसोलेसन केन्द्रको प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्यहरुले निरीक्षण गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण राई,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने , बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले सो आइसोलेसन केन्द्रको निरीक्षण गरेका थिए।
तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल ,प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल , स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारी लगायतको उपस्थितिमा ५० बेड क्षेमताको सो आइसोलेसन केन्द्रको निरीक्षण गरिएको थियो।
करिव ७ रोपनी क्षेत्रफल रहेको सो सामुदायिक अस्पताललाई नगर अस्पतालका रुपमा विस्तार गर्नका लागि बागमती प्रदेस सरकारलाई अनुरोध गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले हाल १४ बेड तयार गरिएको सो केन्द्रमा ५० भन्दा बढी बेड राख्न सकिने तयारी गरेको जानकारी दिएका छन।
नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले आइसोलेसन केन्द्रमा तत्काल ५० बेड रहने जनाए । यद्यपी आइसोलेसन केन्द्र हालसम्म सुरु गरिएका छैन । भने कोही पनि संक्रमितलाई नगरले आफ्नो आइसोलेसनमा राखेको छैन ।
तारकेश्वर नगरपालिकामा हाल सम्म १०५ संक्रमित रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारीले ५५१ जनाको PCR परिक्षण गरिएको बताएका छन।
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने २५ जनाले कोरोनालाई जितेका छन।
(सुजित पुडासैनी / उषा फुयाँल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको सुरु नभएको आइसोलेसन, #साङ्गलाको आइसोलेसन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्