रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला

चितवन । पूर्वीचितवनको रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार नाम, थर खुल्न नसकेका माडी घर भई रत्ननगर नगरपालिका ४ भोकाहा बस्दै आएका अन्दाजी बर्ष २५/२६ का एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको हो । ती पुरुष माडीका कामदार रहेको खुलेको छ ।
प्रहरी प्रमुख रविन कार्कीका अनुसार रत्ननगरको टाँडी चोकमा निर्माणाधीन अवस्थामा रहेको आकाशेपुलमा नरिवलको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव देखेपछि बिहान अन्दाजी ४:३० बजेको समयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबर पाएलगत्तै घट्नास्थल पुगेका प्रहरीको टोलीले उनको मृत्यु अन्दाजी साँढे एकदेखी साँढे दुई वजेको बिचमा हुन सक्ने आँकलन गरेको छ । अहिले प्रहरीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागी भरतपुर अस्पताल लगेको र त्यहा बाट रिपोर्ट प्राप्त भए पश्चात् घट्नाबारे थप खुल्ने उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको कर्तब्य ज्यान नभई आफैं झुन्डिएको हुन सक्ने बताइएको छ । यता, स्थानीयले भने – ती युवाको घाँटीमा नरिवलको डोरी देखिएको तर, घुँडाले भुईंमा टेकेको अवस्थामा शव रहेकाले आत्महत्या नभई हत्या हुनसक्ने आशंका गरेका छन् । यद्यपी, प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्