टोखा २ मा स्वयम सेवकमा खटिएका युवाहरूको बिमा प्रस्ताव

नविना श्रेष्ठ
विश्वव्यापी महामारी covid-19 तिनका कारणले नगरपालिकामा पर्न गएको असरलाई मध्यनजर गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा टेवा पुर्याउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं 2 मा गठिक शान्ति सुरक्षा उपसमितिमा विभिन्न क्लब संस्था हरुबाट स्वयंसेवकमा खटिनु भएका युवा सदस्यहरूको बिमाको लागि टोखा नगरपालिका मा प्रस्तावित नामावली बुझाएको शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले जानकारी दिनुभयो।
टोखा नगरपालिका वडा नं २,३ मा सचेतनाका लागि शान्ति सुरक्षा उपसमितिको तर्फबाट सक्ने जति सुरक्षा दिन निरन्तरता जारी रहेको हेरकाजी डंगोलले बताए।
टोखा बासी सबैमा सतर्कता अपना औं सुरक्षित रहौं भने नारा बोकी आज बिहान वडा नं २,३ मा टोल- टोलमा माइकिङ् गरेको थियो। टोखा नगरपालिका वडा नं २का अध्यक्ष दिपक राज जोशी लगायत शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोल र उपसमितिका सदस्यहरु अष्ट श्रेष्ठ, रामलाल महर्जन, विक्रम डंगोल, सबै एक साथमा टोखा बसीहरुलाई माक्स बाढेको थियो।
रोग लाग्नु भन्द रोग लाग्नै नदिनु हामी सबैको खुसीको कुरा हो त्यसैले सबै जनालाई घरमै बसौ, सुरक्षित रहन टोखा नगरपालिका वडा नं २ सदस्य, शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले सबैमा आग्रह गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा २
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्