निषेधाज्ञाको दोश्रो दिन, संखुवासभाको अधिकांस बजारहरु सुनसान ( फोटो फिचर )
कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी
कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । निषेधाज्ञा जारी गरेपछि जिल्लाको मुख्य बजारहरु खाँदबारी, चैनपुर मुडे शनिश्चरे, तुम्लिङटार र मानेभञ्ज्याङ बजार सुनसान देखिएको छ ।

निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।

संखुवासभामा शनिबार आइसोलेसन तोडफोडको आरोपमा हिरासतमा बसिरहेका थप २ जनालाई पनि कोरोना संक्रमण देखिएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्रशासनले १० दिन यो जिल्ला लकडाउन गरेको थियो ।


क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्