निषेधाज्ञाको दोश्रो दिन, संखुवासभाको अधिकांस बजारहरु सुनसान ( फोटो फिचर )
कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी
कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । निषेधाज्ञा जारी गरेपछि जिल्लाको मुख्य बजारहरु खाँदबारी, चैनपुर मुडे शनिश्चरे, तुम्लिङटार र मानेभञ्ज्याङ बजार सुनसान देखिएको छ ।

निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।

संखुवासभामा शनिबार आइसोलेसन तोडफोडको आरोपमा हिरासतमा बसिरहेका थप २ जनालाई पनि कोरोना संक्रमण देखिएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्रशासनले १० दिन यो जिल्ला लकडाउन गरेको थियो ।


क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस, #कोरोना संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्