चितवनमा एकैदिन ६१ जना संक्रमित थपिए
चितवन । चितवनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयावह बन्दै गएको छ । जिल्लामा आज शनिबार मात्रै १९६ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा रहेको कोभिड ल्यावमा गरिएको परीक्षणका क्रम्ममा सबै भन्दा बढी रत्ननगर नगरपालिकामा ३८ जना कोरोना संक्रमित देखिदा भरतपुर महानगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा ८ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको अस्पतालका माइक्रोबाइयोलिष्ट डा. नवीन कुमार चौधरीले बताउनुभयो ।
कहाँ कति थपिए ?
शनिबार फेला परेका सबैभन्दा बढी संक्रमित रत्ननगर नगरपालिकाको वर्डा नम्बर ४ हो । त्यहाँको शिवशक्ति खाद्य उद्योगमा कार्यारत १० जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि आज अन्य ८० जनाको परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको डा.चौधरीले बताउनुभयो । ती मध्य ३५ जना पुरुष र दुई जना महिला रहेका छन् । संक्रमित सबैलाई अहिले सोही उद्योगमा आइसोलेसन बनाएर राखिएको छ । रत्ननगर १० मा समेत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज शनिबार नै भरतपुर महानगरपालिकामा पनि कोरोना संक्रमित थपिएका छन् । त्यहाँ २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिका ४ का १५ जनामा संक्रमण देखिंदा भरतपुर १० मा दुई जना, भरतपुर २, ६, १४, १९ र १८ मा एक÷एक जना, राप्ती नगरपालिकामा ८ मा एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संँगै चितवनमा कोरोना भाइरस (कोभिड – १९) बाट संक्रमित हुनेको संख्या ५ सय ९७ पुगेको छ भने कोरोना संक्रमणका कारण हाल सम्म दश जनाको ज्यान गइसकेको छ ।
कहाँ कति पुग्यो ?
चितवनमा कोरोना भाइरस (कोभिड – १९) बाट सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् भने सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा रहेका छन् ।
प्राप्त बिवरण अनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ३४१ जना संक्रमित हुँदा इच्छाकामना गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । त्यस्तै, रत्ननगर नगरपालिकामा ८१ जना संक्रमित पुग्दा राप्ती नगरपालिकामा ७६ जना, माडी नगरपालिकामा ५० जना, खैरहनी नगरपालिकामा ४१, कालिका नगरपालिकामा ५ जना कोरोना भाईरस (कोभिड – १९) बाट संक्रमित छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##चितवन #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्