खाँदबारी आईसोलेसन तोडफोडका दुई आरोपीमा पनि देखियो कोरोना

खाँदबारी । केहि दिन अघि हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसन तोडफोडको आरोपी मध्ये २ जनामा कोरोना संक्रमण भएको पाईएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ भई हिरासतमा रहेको बर्ष ६० र ६२ का दुई पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख नवराज पन्तका अनुसार उनीहरु एक समुह ८२ घण्टादेखि र अर्को समुह ४१ घण्टादेखि हिरासतमा रहदै आएका छन् । उनीहरुलाई हिरासतमा रहदै संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने यकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले बताउनुभयो ।
उनीहरु बाहिर रहँदै संक्रमण भईसकेको पनि हुनसक्ने बताउनुहँदै समुदाय स्तरमा पनि कोरोना भाईरस फैलिएको हुन सक्ने प्रबक्ता श्रेष्ठले बताउनुभयो । समुदाय स्तरमा कोरोना हुन सक्ने भएकोले घरमै रहन, अत्यावश्यक काममा बाहिर निस्कदा अनिबार्य मास्कको प्रयोग गर्न स्वास्थ्य कार्यालय संखुवासभाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ । हिरासतमा रहदै आएका दुईजनामा पनि हिजो कोरोना पोजेटिभ भेटिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्