नेपालटारमा कोरोना संक्रमित ४८ वर्षीय पुरुषको मृत्यु

रन्जिता गदाल, सन्दिप श्रेष्ठ
काठमाडौं भद्र ११। तारकेश्वर वडा -११ स्थित नेपालटार डेरामा बस्ने एकै परिवारका ४ जना कोरोना संक्रमित भएका छन् भने सोही मध्ये आज ४८ वर्षीय पुरुषको मृत्यु समेत भएको छ र वहा लाई सुगर, प्रेस्स्र को रोग पनि रहेको थियो र आज ३ दिनमा मृत्यु भयो ।
र वहाको श्रीमती,छोरा र छोरी कुवारिन्तिन मा रहेका छन। सोही घरमा अन्य ६ परिवार पनि डेरामा बस्दै आएका छन् । उनीहरु हाल घरमै रहेको र उनीहरुको परिक्षणका लागि नगर स्वास्थ्य शाखाबाट समन्वय भईरहेको र सकेसम्म चाँडै गर्न प्रयास गर्दै तर संक्रमित बढ्दो कारणले गर्दा परिक्षण गर्ने समय टुंगो नलागेको नगर स्वास्थ्य शाखाका प्रमुख जनार्दन अधिकारीले बताए ।
घरबेटिले नगर र वडामा जानकारी गरि घरका सबै सदस्यको कोरोना जाँच गर्न आग्रह गरेको तर वडाले ढिलो गरेको भन्दै स्थानीयले् आक्रोस पोखेका छन् । वडा अध्यक्ष विन्दु बुढाथोकीले ५ दिन नभई परिक्षण गर्दा थाहा नहुने भएकाले नागरिकलाई संयम र नआत्तिन समेत आग्रह गर्नु भएको छ ।
तारकेश्वरमा हालसम्म १२ जना कोरोना संक्रमित भएका छन् जसमध्ये एकजनाको मृत्यु भएको छ भने एकजना उपचार पछि निको भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनु भएको ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्