कोरोना भाइरस संगको लडाईमा जित
सुमित्रा लुईटेल
काठमाण्डौ, भदौ ८ कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको र पछिल्लो समय नेपालमा समेत यसको प्रभाव बढ्दै गएको छ। नेपालमा कूल कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या१ सय ४९ पुगेको छ भने निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । काठमाण्डौ, बुढानिलकण्ठ सीता श्रेष्ठ कोरोना भाइरसको संक्रमणलाई जितेर निको हुनु भएको छ। हाल उहाँ सहिद गंगालाल हृदय रोग अस्पतालमा कार्यरत हुनुन्छ । अस्पतालमा कार्यरत उहाँलाई कोरोना संक्रमण साउन, २१गते पुष्टि भएको थियो ।
अस्पतालमा कार्यरत उहाँलाई अस्पतालमा उपचारत बिरामीको सम्पर्कमा आउदा कोरोना भाइरसको संक्रमण भएको उहाँले बताउनु भयो। कोरोना पुष्टि भएपछि कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा उपचार गरीएको थियो ।आफुलाई कोरोना भाईरस पुष्टि हुँदा निकै डर लागेको र त्यो बेलामा आफु धेरै आत्तिएको सीता श्रेष्ठले बताउनुभयो।उहाँले भन्नुभयो,‘ पहिले त मलाई कोरोना भाईरसको संक्रमण भएको भन्ने कुराको विश्वास लागेन, तर कोरोनालाई जितेर घर फर्किन्छु भन्ने आत्मविश्वास थियो ।
‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ उहाँले बताउनु भयो मिडियाको साइडबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धि गलत सुचना सम्प्रेषण नगरिदिनुहोला। समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको उहाँको भनाइ छ ।
उहाँले आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको पनि बताउनुभयो । सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको उहाँको भनाइ थियो । ‘कोरोनालाई एकदम ठुलो रोग ठानेर आफ्नो आत्मवल कमजोर नबनाउनु होला आफ्नो आत्मविश्वास बलियो बनाएर सुरक्षित रहन आग्रह गर्दछु।’
आफुमा लक्षण नभएको र आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सकेको उहाँले बताउनु भयो ।मलाई त्यस्तो लक्षण नभएकाले पनि कोरोनाको खासै डर त थिएन। तर पनि म निको हुन्छु। भनेर आत्मबल बलियो बनायौं भने कोरोनालाई जित्न सकिदो रहेछ’ उहाँले बताउनु भयो ।
अस्पताल बसाईको क्रममा हौसला बढाउने र साथ र सहयोग गर्नु हुने सहिद गंगालाल हृदय रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणी अधिकारी, सरहरू जित बहादुर श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ तथा सहिद गंगालाल हृदय रोग अस्पतालमा कार्यरत सम्पुर्ण स्टाफहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। साथै अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नदिएको भन्दै उहाँले उपचारका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो।
साथै उहाँले कोरोना भाइरसको संक्रमणसंग लड्न खानपानमा विशेष ध्यान दिन जरूरी रहेको बताउनु भयो ।
आत्मवल बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषिलो तथा सन्तुलित खाना नियमित खाने र स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्ने पनि बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #सुमित्रा लुईटेल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्