Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ ,साङ्गला स्वास्थ चौकीलाई आइसोलेसन बनाउने


काठमाडौं । तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

तारकेश्वर नगरपालिकाले अहिलेसम्म कोरोना संक्रमित व्यक्तिका नजिकका मान्छेहरु र जनप्रतिनिधि–कर्मचारीहरुको पिसिआर परिक्षण गरेको छ ।  कोरोना संक्रमितहरुलाई धेरैजसोलाई होम आइसोलेसनमा राखिएको छ भने गम्भिर अवस्था भएकाहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

जसमा तारकेश्वर वडा नं. ४ मा २ जना, वडा नं. ५ मा ८ जना, वडा नं. ७ मा १ जना, वडा नं. ८ मा ३ जना, वडा नं. ९ मा ३ जना, वडा नं. १० मा १० जना र वडा नं. ११ मा ४ जना रहेका छन् । त्यस्तै आज मात्र तारकेश्वर वडा नं. ७ र ८ को बीचमा १ जनाको कोराना पोजेटिभ देखिएको छ । कोरोना रोकथामका लागि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा क्रियाशिल भएर लागेको बुझिएको छ ।

त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।

 

तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३१६ जनाको पिसिआर परिक्षण गरेको छ । जसमा जेठ ८ गते १० जना, साउन २५ गते ११ जना, २६ गते ११८ जना, २७ गते १३५ जना, २८ गते १९ गते, २९ गते ७ जना र ३२ गते १६ जनालाई सम्पन्न भएको छ ।

तारकेश्वर ७ र ८ को सिमानामा बस्ने ३५ वर्षे पुरुषले टिचिङ अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि निजलाई अहिले टिचिङ अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।

 

यसै बिच कारोना संक्रमितलाई राख्न साङ्गलामा अवस्थित प्राथमिक स्वास्थ चौकीलाई आइसोलेसन बनाउने अन्तिम तयारी भएको मेयर रामेश्बर बोहराले बताए ।

तारकेश्वर पत्रकार मंचको पदाधिकारीहरु संग भेटघाट कार्यक्रमको  अवसरमा मेयर बोहराले बालाजुमा अवस्थित जनमैत्री अस्पताललाई क्वारेन्टाइन बनाउन  जिल्ला प्रशासन कार्यलय काठमाडै , काठमाडौ महानगरपालिका संग छलफल भइरहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङ्गला स्वास्थ चौकी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545