Techie IT
सोमबार, वैशाख २२,२०८२

उपत्यकामा ११९ जना सहित नेपालमा आज ५९४ नया संक्रमित फेला


शुक्रबार नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ७५ जनाको परीक्षण गर्दा ५९४ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ जना रहेका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ आज २४० जना डिस्चार्ज भएका छन् । नेपालमा आज थप ४ जनाको मृत्यु संगै हालसम्म कुल ९९ जनाको मृत्यु भैसकेको छ।

यसका साथै उपत्यकामा आज ११९ जना नयाँ संक्रमित थपिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545