Techie IT
सोमबार, वैशाख २२,२०८२

अत्यावश्यक सामाग्रीको बाहेक पसल नखोल्न र अनावश्यक आवतजावत नगर्न तारकेश्वर नगरपालिकाको अनुरोध


तारकेश्वर नगरपालीकाको विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित फेला परेसँगै तारकेश्वर नगरपालिकाले उच्च सावधानी अपनाउन नगरवासीलाई सुचना मार्फत अपिल गरेको छ ।

नगरपालिकाले एक सूचना प्रकाशन गर्दै संक्रमण जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्नपनि आग्रह गरेको छ ।

नगरले अत्यावश्यकीय खाद्य सामाग्री, तरकारी, ग्याँस, दुग्धजन्य पसल, पोलिक्लिनिक तथा औषधि पसल बाहेकका व्यवसाय बन्द गर्न अपिल गरेको हो । नगरपालिकाका मेयर रामेश्वर बोहोराले जारी गरेको अत्यावश्यक बाहेकका पसल बन्द गर्ने सम्बन्धी सूचना अनुसार नगरक्षेत्रभित्र अनावश्यक रुपमा घरबाहिर हिँडडुल नगर्नपनि आग्रह गरिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #tarkeshwor municipality


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545