कोरोना भाइरस विरुद्धको सतर्कता अभियानका लागी टोखाका युवा क्लब सक्रिय

टोखा नगरपालिका ३ न वडाको स्थित श्री टोखा यूवा क्लवले शुक्रबार कोभिड १९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियान थालेको छ। टोखा यूवा क्लवले आयोजना गरेको कोभिड १९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियानमा प्रमुख अथिति टोखा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ, क्लबका अध्यक्ष राम राज श्रेष्ठ, टी गु्रप का संयोजक पंञ्च नारायण डंगोल , क्लबका महिला अध्यक्ष शान्ति श्रेष्ठ र क्लबका पदाधिकारीहरु र पत्रकार लगायतको उपस्तिथि रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सिंहराज श्रेष्ठले मन्तव्य राख्नु भएको थियो।
कोरोना भाईरसको महामारीका समयमा सबै एकजुट भएर सामना गर्नुपर्ने र यसमा युवा भुमिका रहने साथै यस कोरोना भाइरसको महामारी बाट बच्न नियम पालना गरि घर भित्र बसि सुरक्षित र अवलम्बन गर्नुपर्ने कर्तव्यका बारेमा जनताहरु सतर्क भै दिनुहुन सबै टोखावासी र वडावासीहरुमा उहाँले आग्रह गर्नु भयो।
कोभिड १९ कोरोना भाइरस विरुद्ध सतर्कता अभियान कार्यक्रम अब टोखा नगरपालिकासंग समन्वय गरि टोखाको प्रत्येक वडाहरुको टोलटोलमा चोकचोकमा टोखा यूवा क्लवले सतर्कता अभियान संचालन गर्ने बारे क्लबका अध्यक्ष रामराज श्रेष्ठले बताए । हाल उक्त अभियानका लागी टोखाको बाम्फल टोल, मुल गेट, गणेशस्थान र थने लाछीमा ह्यान्ड स्यानिटाईजर राख्ने कार्यक्रम गर्ने बताएका छन्। यसका साथै कार्यक्रममा क्ल्बका सम्पुर्ण पदाधिकारीहरु र पत्रकार लगायत प्रत्येकलाई चालिस थान माक्स र एउटा ह्यान्ड सेनिटाजर प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #tokha municipality
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्