कोरोना जोखिमतालाई मध्यनजर गर्दै , अनावश्क भेटघाट र हिडडुल नगर्न बुढानिलकण्ठ नगर प्रमुखको अपिल

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढे संगै बुढानिलकण्ठ नगरपालिकामा पनि कोरोना संक्रमित दिनानुदिन बढ्दै गएको छ। यसै बिचमा नगर प्रमुख उद्धब खरेलले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द गर्न अनुरोध गरेका हुन् ।
नगरपालिकाले कोरोना जोखिम न्यूनीकरणका लागि नगरपालिका क्षेत्र भित्र संचालित अत्यावश्यक र स्वास्थ्य सम्बन्धि सेवा बाहेक अन्य सम्पूर्ण व्यवसायहरु साँझ ८ बजे देखि अनिवार्य रुपमा बन्द गर्ने निर्णय भएको जानकारी गराउदै नगर क्षेत्र भित्र संचालित सैलुन फुटसल ब्युटी पार्लर जिमखाना आदि अर्को व्यवस्था नभए सम्मको लागि अनिवार्य बन्द गर्ने निर्णय भएको पनि जानकारी गराए ।
त्यसैगरी उनले नगर क्षेत्र भएका मठ मन्दिर, चर्च, मस्दिज, गुम्बा, गुरुकुल मदरसा लगायतका धार्मिक स्थलहरुमा भिड भाड हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाउन,नगर क्षेत्र भित्र संचालित सडक चियापसल ठेला व्यवसायहरु हाललाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको पनि बताए।
उनले सपिंग मल, सुपर मार्केट, र ठुला होलसेल पसलहरु तथा ग्राहकबीच अनिवार्य रुपमा न्यूनतम दुरी कायम राख्ने, प्रवेशद्वार र आवश्यक स्थानमा साबुन पानि सहित हात धुने व्यवस्था गर्न र स्यानीटाइजरको प्रयोग गर्ने व्यवस्था गर्न पनि अनुरोध गरिएको बताए।होटल, रेस्टुरेन्ट, क्याफे र खाजघर लगायतका व्यवसायहरुले टेक वे घरमा पुर्याउने सुबिधाको रुपमा मात्र संचालन गर्न पनि अनुरोध गरेका छन ।
उनले सङ्क्रमण रोक्न अपनाउनुपर्ने न्यूनतम मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #budhanilkantha municipality
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्