बुढानिलकण्ठ नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु भाद्र २ सम्मको लागि स्थगित

निशा बराल र शिरिष पौडेल
काठमाडौं , श्रावण २८ । नगरपालिकामा कोरोना भाइरस संक्रमित को सङ्ख्या बढ्ने क्रम तिब्र भए सङ्गै बुढानिलकण्ठ नगरपालिकाले भाद्र २ गते सम्मका लागी विपद र स्वास्थ्य बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण द्रुत गतिमा बढ्दै गइरहेको कारण सङ्क्रमण को जोखिम रोकथाम एवं नियन्त्रणको लागी नगरपालिकाको बिपद् व्यवस्थापन समितिको बैठक २०७७।०४।२७ को निर्णयअनुसार नगरपालिका को कार्यलय र त्यस अन्र्तगतका वडा कार्यालयहरुबाट सम्पादन गरिने स्वास्थ्य र विपद् व्यबस्थापनको कार्यहरु बाहेक सम्पुर्ण सेवाहरु बन्द गरिएको कुरा सूचना प्रकाशित गरेर जानकारी दिइएको छ ।
साथै नगरपालिकाले अत्यावश्यक सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीले कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । हाल सम्म बुढानिलकण्ठ नगरपालिकामा ४८ जना कोरोना सङ्क्रमित पुष्टि भएको छन्।
क्याटेगोरी : समाचार
ट्याग : #budhanilkantha municipality
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्