Techie IT
शनिबार, मंसीर २२,२०८१

टोखामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


काठमाडौं । टोखा नगरपालिकामा अस्थायी बसोबास गर्ने एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । टोखा वडा नं. ६ को फुटसल छेउमा बसोबास गर्दै आएकी महिलालाई पाठेघरको क्यान्सर र निमुनियाबाट समेत भएकी थिइन ।

उक्त महिलालाई साउनको १४–१५ गते कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । टोखा नगरपालिकाले उक्त क्षेत्रमा कन्ट्रायक ट्रेसिङ गरेर २९ जनाको पिसिआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको नगर उप–प्रमुख ज्ञानमायाँ डंगोलले बताउनुभयो ।

कोरोना पोजेटिभ महिलाको शुक्रबार बेलुका पाटन अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
11°
Mist
6:41 am5:10 pm +0545