तारकेश्वरमा ५१ वर्षिय पुरुषमा कोरोना पुष्टि (रिपोर्टसहित)
काठमाडौं । तारकेश्वर १० को शिव नगरमा अस्थायी बसोबास गर्ने एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । स्थायी घर गुलमी रेसुङ्गा भई स्वास्थ्य उपचारको लागि तारकेश्वर १० को शिव नगरमा केही समयदेखि बसोबास गर्दै आएका थिए ।
मुटुको भल्व परिवर्तनका लागि भन्दै गंगालाल अस्पतालमा करिव १०–११ दिनदेखि भर्ना भएका नीजको कोरोना परिक्षण पश्चात मात्र अपरेसन गर्ने तयारी भएको थियो । कोरोना परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि तत्कालै गंगालाले किर्तिपुर अस्पताललाई जानकारी गरेर बिरामीको डिस्चार्ज गरी घर फिर्ता पठाएको थियो ।
बिरामीको आफन्तकाअनुसार कोठा नजिकै आइपुग्न लाग्दा अस्पतालले कोरोना देखिएको जानकारी दिएपछि कित्तिपुर अस्पतालबाट आएको एम्वुलेन्समा राखेर हिजो नै आइसोलेसनमा राखेको बुझिएको छ ।
हिजो नै तारकेश्वर १० मा दुई जनाको कोरोना पुष्टि भएको थियो । बागलुङ स्थायी घर भएपनि तारकेश्वर १० को सप्तऋषि टोलमा स्थायी बसोबास गरेका ३८ वर्षिय कोरोना संक्रमण भएको पुरुष हिजोदेखि होम क्वारेन्टाइन मै रहेका थिए । उनलाई अब केही घण्टामै कित्तिपुर आइसोलेसनमा लैजाने तयारी भएको बुझिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्