सिलिचोङ पहिरो पिडितलाई संखुवासभा उद्योग बाणिज्य संघको सहयोग

संखुवासभा उद्योग बाणिज्य संघले सिलिचोङ १ सिसुवाखोलामा गएको पहिरो पिडितहरुको राहतका लागि नगद र मास्क सहयोग प्रदान गरेको छ । शुक्रबार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई ६५ हजार रुपैयाँ र मास्क हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल र अध्यक्ष कुलुङलाई बाणिज्य संघको कार्यालयमा स्वागत समेत गरिएको थियो । संघले जिल्लाका ब्यावसायीहरुबाट संकलन गरेर राहत उपलब्ध गराएको बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । कोरोना कहरका विचमा ब्यापार ब्यावसाय ठप्पा भए पनि पहिरो पिडतहरुको सान्त्वना स्वरुप राहत सहयोग गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । संघले उपलब्ध गराएको सहयोग रकम विपद ब्यवस्थापनमा गाउँपालिकाले आवश्यक परेको जुनसुकै क्षेत्रमा खर्च गर्न सक्ने अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
राहत रकम बुझिलिनुहुँदै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो । विपदको समयमा यसरी प्राप्त भएको राहतले आफुहरुको मनोबल बढ्दै गएको समेत अध्यक्ष कुलुङले बताउनुभयो । दाताहरुबाट प्राप्त भएको रकम दिर्घकालिन ब्यवस्थापनमा लगानी गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्