लुकाएर राखेको ३ सय ७ क्यू फिट अबैध काठ बरामत
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले मादी नगरपालिकाको बिभिन्न स्थानमा लुकाएर राखेको अबैध काठ पक्राउ गरेको छ । चाँप, अंगारे, पात्ले लगायतका ३ सय ७ क्यू फिट काठ जंगल फडानी गरेर कटान, चिरान र भण्डारण गरेर राखेको अवश्थामा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताउनुभयो । मादी नगरपालिका २ ओइराङका नारायण कडेलको घरमा अबैध रुपमा लुकाएर राखिएको काठ पक्राउ गरिएको उनले बताए । काठ पक्राउ परेपनि कडेल समेतको टोली भने फरार रहेको डिएसपी मल्लले बताउनुभयो ।
वन फडानी गर्ने कडेल सहित फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको काठ बिहीबार डिभिजन वन कार्यालय चैनपुरमा बुझाईएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्