Techie IT
मंगलबार, असार १७,२०८२

कालीकोट पहिरोमा बेपत्ताहरुको शव फेला


कालिकोट नरहरिनाथ गाँउपालिकामा गएको पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ। बुधबार बिहान गएको पहिरोमा नरहरिनाथ ७ का गंगे बुढाको घर पुरिदा उनी सहित ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो।

पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको उपचारका क्रममा मृत्यु भएको हो। पुरिएका  परिवारमध्ये ४ जना सकुशल रहेको छन। यस्तै गरी मंगलबार राति नै नरहरीनाथ गाउँपालिका–५ मा गएको पहिरामा बले बुढाको घर पुरिएको छ। उक्त पहिरोमा बेपत्ता भएको दले बुढा र उनकी श्रीमती मुना बुढाको शव फेला परेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #landslide


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:10 am7:04 pm +0545