Techie IT
शुक्रबार, असार ६,२०८२

काठमाडौंका २ जना र ललितपुरका एक जनामा कोरोना


पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौंका २ जना र ललितपुरका एक जना रहेका छन् ।

यसैगरी सोमबार कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या १७३ रहेको छ । योसँगै अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या ६६.५१ प्रतिशत अर्थात् ११ हजार ८६८ पुगेको छ ।

यस्तै नेपालमा ५०० भन्दा बढि संक्रमित हुने जिल्ला रौतहट,कैलाली र बाजुरा रहेका छन् भने कोरोना मुक्त रहने जिल्ला भोजपुर, पाँचथर, धरान, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545