संखुवासभामा प्रबिधी मैत्री शिक्षक समिति गठन, समिति अध्यक्षमा बिष्ट चयन

प्रबिधी मैत्री शिक्षक समाजका प्रबिधी मैत्री शिक्षक समाजको संखुवासभा समिति गठन भएको छ । प्रथम जिल्ला अधिवेसनले सन्तोष बिष्टको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो ।
जुम एप्स मार्फत भएको अधिवेसनले विष्टको अध्यक्षतामा जिल्ला समिति गठन भएको कार्यक्रमका संयोजन गरेका शिक्षक महासंघका अध्यक्ष सेरबहादुर पुरीले जानकारी दिए । प्रविधी मैत्री शिक्षक समाजका केन्द्रिय अध्यक्ष भुपती बस्यालको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न शिक्षकहरुको सहभागिता रहेको थियो । जिल्ला समितिको उपाध्यक्षमा शिक्षक नवराज लाम्सोङ्ग राई, महिला उपाध्यक्षमा शारदा दहाल भण्डारी, सचिवमा सन्तोष श्रेष्ठ र कृष्ण बहादुर चापागाईं चयन भएको छन् ।
आज सम्पन्न भएको ऐतिहासिक जिल्ला अधिबेशनबाट निम्नानुसार प्रबिधी मैत्री शिक्षक समाज जिल्ला समिती संखुवासभाको गठन भयो । जिल्लाका १० वटै स्थानीय तहका शिक्षकहरुको सहभागिता रहने गरी समिति गठन भएको कार्यक्रमका प्राविधिक संयोजक सुन्दरी खतिवडा जानकारी दिइन् । अधिवेसनले इश्वर घिमिरेको संयोजकत्वमा ९ सदस्यीय प्रविधिक समिति गठन गरेको छ । त्यसैगरी जिल्लाका शिक्षकहरुको पेशागत संघ, संघठन प्रतिनिधित्व गर्नेगरी नेपाल शिक्षक महासंघका अध्यक्ष शेरबहादुर पुरीको संंयोजकत्वमा सहलहकार समिति समेत गठन गरिएको छ ।
समाजले अन्तराष्ट्रिय शिक्षण प्रवृधि भित्र्याएर सामुदायिक तथा निजी विद्यालयहरुमा लागु गर्न मद्दत गर्दै आएको छ । समाजले विद्यालयलाई प्रविधि मैत्री बनाउँदै सबै शिक्षकहरुको साझा संस्थाको देशभर काम गर्ने योजना अघि सारेको छ । प्रदेश १ ले पाँच वर्ष भित्र प्रदेश १ का सबै सामुदायिक विद्यालयहरुमा पेपरलेस गर्ने लक्ष समेत लिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्